Kathmandu Press

इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

कायरो, मंसिर २४ : इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच बिहीबार भेटवार्ता भएको छ।हाल इजिप्टको भ्रमणमा रहेका इरानी विदेशमन्त्री याइर लापिदले इजिप्टका राष्ट्रपति अब्देल फताह...
इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच भेटवार्ता

कायरो, मंसिर २४ : इजिप्टका राष्ट्रपति र इरानका विदेशमन्त्रीबीच बिहीबार भेटवार्ता भएको छ।

हाल इजिप्टको भ्रमणमा रहेका इरानी विदेशमन्त्री याइर लापिदले इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसीलाई बिहीबार भेट गरेका हुन्। सो भेटका क्रममा दुई देशबीचको सम्बन्धका विविध पक्षमा कुराकानी भएको बताइएको छ।

साथै उनीहरुका बीचमा क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीतिक सम्बन्ध र सुरक्षाका विषयमा पनि कुराकानी भएको बताइएको छ।

सो अवसरमा इजिप्टका राष्ट्रपति सिसीले मध्यपूर्वमा शान्ति र स्थायित्वका विषयमा आफू सकारात्मक रहेको तथा त्यस सम्बन्धमा आफू कार्यरत रहेको जानकरी दिएका थिए।

साथै इजिप्टका राष्ट्रपति सिसीले इजरायल र प्यालेस्टाइनी विवादको शान्तिपूर्ण रुपमा समाधान आओस् भन्ने पक्षमा आफू रहेको धारणा पनि राख्नुभएको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: ११:३० बजे, शुक्रबार, मंसिर २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्