Kathmandu Press

गैंडाको खागसहित तीन जना पक्राउ

बुटवल, मंसिर २४ : गैंडाको खागसहित प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरबाट तीन जनालाई पक्राउ गरेको छ।बुटवल उपमहानगर-५ स्थित हरियाली होटलबाट खागसहित उनीहरुलाई पक्राउ गरेको...
गैंडाको खागसहित तीन जना पक्राउ

बुटवल, मंसिर २४ : गैंडाको खागसहित प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरबाट तीन जनालाई पक्राउ गरेको छ।

बुटवल उपमहानगर-५ स्थित हरियाली होटलबाट खागसहित उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट ७ सुर्यथुमका नरबहादुर सुनार र पदम सुनार तथा छत्रकोट ५ रानीचापका सुमन न्यौपाने रहेका छन्। उनीहरुबाट प्रतिबन्धित गैँडाको खाग बरामद भएको प्रहरीले जनाएको छ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवलको टोलीले होटलमा छापा हानेको थियो। बुटवलको मार्दा होटलको कोठा नम्बर ११८ बाट खाग सहित ३ जनालाई पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक नवरत्न पौडेलले जानकारी दिए।

पक्राउ परेका तीनैजनालाई खागसहित थप अनुसन्धानको लागि डिभिजन वन कार्यालय भैरहवा पठाएको छ।

प्रकाशित मिति: ०८:३४ बजे, शुक्रबार, मंसिर २४, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्