Kathmandu Press

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुँदै

माओवादी केन्द्रको ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुँदै

कार्णाली, मंसिर २३ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सङ्गठन समितिले ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’को तयारी तीव्र पारेको छ।

कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरस्थित नवनिर्मित सिटी हलमा यही मङ्सिर २५–२६ गते ‘प्रथम कर्णाली प्रदेश सम्मेलन’ हुनेछ। सम्मेलनमा कर्णालीका १० जिल्ला, ७९ स्थानीय तह र ७१८ पालिकाबाट प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने नेकपा (माओवादी केन्द्र)का कर्णाली प्रदेश सचिव रामदीप आचार्यले जानकारी दिए।

Hardik ivf

'सम्मेलनमा प्रदेश प्रतिनिधि तथा पर्यवेक्षक गरी एक हजार १००को सहभागिता रहनेछ,' सचिव आचार्यले भने, 'यसका लागि दशै जिल्लाबाट प्रतिनिधि तथा पर्यवेक्षक राजधानी सुर्खेत झर्ने क्रम चलिरहेको छ।' कर्णालीका ७९ तहमा चार पालिकाको अधिवेशन सम्पन्न हुन बाँकी रहेको उनले बताए।  

सचिव आचार्यका अनुसार सम्मेलन तयारीका लागि प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत स्वास्थ्य उपचार, आर्थिक व्यवस्थापन, प्रचारप्रसार तथा मञ्च व्यवस्थापन, मेस तथा आवास व्यवस्थापन, स्वयंसेवक परिचालन, कलाकार व्यवस्थापन, प्रतिवेदन तयारीलगायत गरेर आठवटा उपसमिति गठन गरिएको छ। केन्द्रको प्रदेश नेतृत्व चयनका लागि विधानतःनिर्वाचन तथा सहमति दुवै विधि अपनाइने उनले बताए।

आर्थिक अनुशासन कायम गरिने

नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सम्मेलन आयोजक समितिअन्तरगत प्रचारप्रसार तथा मञ्च व्यवस्थापन उपसमितिका संयोजक नरेश भण्डारीले कर्णाली प्रदेशको प्रथम सम्मेलनमा आर्थिक अनुशासन कायम गरिने बताएका छन्। ऐतिहासिक प्रथम प्रदेश सम्मेलनलाई अन्य पार्टी जस्तो भड्किलो र फजुल खर्चयुक्त नबनाउने गरी कार्यक्रम थालिएको संयोजक भण्डारीले बताए। कार्यक्रमलाई प्रभावकारी र सुव्यवस्थित ढङ्गबाट सम्पन्न गर्ने गरी गठित समितिले क्षेत्रगत कार्य गरिरहेको संयोजक भण्डारीले जनाए।

पार्टी नेता तथा कार्यकर्तालाई आर्थिक भार नहुने र सबैलाई सहज पहुँच पुग्ने गरी प्रथम प्रदेश सम्मेलन सम्पन्न गर्ने नेकपा माओवादी कर्णाली प्रदेश सङ्गठन समितिले जनाएको छ।

प्रकाशित मिति: २०:३४ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्