Kathmandu Press

भारतद्वारा अन्तर्राष्ट्रिय उडानलाई ३१ जनवरीसम्म रोक 

काठमाडौं, मंसिर २३ : भारत सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई ध्यानमा राख्दै नियमित अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्मका लागि स्थगित गर्ने निर्णय गरेको...
भारतद्वारा अन्तर्राष्ट्रिय उडानलाई ३१ जनवरीसम्म रोक 
फाइल फोटो

काठमाडौं, मंसिर २३ : भारत सरकारले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनलाई ध्यानमा राख्दै नियमित अन्तर्राष्ट्रिय उडान ३१ जनवरीसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ  ।

यसअघि भारत सरकारले १५ डिसेम्बरदेखि सबै अन्तर्राष्ट्रिय उडान सुरु गर्ने बताएको थियो। तर, नागरिक उड्डयन महानिर्देशनालयले कोरोना संक्रमणको जोखिम रहेको भन्दै ३१ जनवरीसम्मका लागि उडान स्थगित गर्ने जनाएको छ।

यो प्रतिबन्ध अन्तर्राष्ट्रिय कार्गो र नागरिक उड्डयन महानिर्देशनालयद्वारा स्वीकृत अन्तर्राष्ट्रिय उडानहरूको लागि लागू हुने छैन। यद्यपी, नागरिक उड्डयन महानिर्देशनालयले केही अन्तर्राष्ट्रिय व्यवसायिक उडानलाई विशेष परिस्थितिमा अनुमति दिन सकिने जनाएको छ। 

प्रकाशित मिति: २०:३३ बजे, बिहीबार, मंसिर २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्