पूर्व प्रहरीको राजनीति मोह, रमेश खरेलले खोले नयाँ पार्टी

काठमाडौं, मंसिर २३ : नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेलले (शुक्रबार) पार्टी घोषणा गर्ने भएका छन् । खरेलले शुक्रबार आफ्नो नेतृत्वमा नेपाल सुशासन पार्टी गठनको घोषणा गर्ने भएका हुन् ।
‘नेपाललाई समृद्ध, सफल र शक्तिशाली देश बनाउने थुप्रै सम्भावनाहरु छन्’, खरेलले भने, ‘तर, हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन। तसर्थ सबै नेपालीको मर्म बुझ्न सक्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्न सक्ने, मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न भेला आयोजना गरेका छौं।’
खरेलले प्रस्तावित यो पार्टीका नाममा अभियान पनि चलाउँदै आएका छन्।
प्रकाशित मिति: २०:०१ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











