Kathmandu Press

महोत्तरी निर्वाचन क्षेत्र ३ ले कांग्रेस महाधिवेशनमा भाग लिन नपाउने !

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी निर्वाचन क्षेत्र ३ ले भाग लिन नपाउने भएको छ ।देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका...
महोत्तरी निर्वाचन क्षेत्र ३ ले कांग्रेस महाधिवेशनमा भाग लिन नपाउने !

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महोत्तरी निर्वाचन क्षेत्र ३ ले भाग लिन नपाउने भएको छ ।

देशभरका १६५ निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिले भाग लिने भनिए पनि महोत्तरी निर्वाचन क्षेत्र ३ मा विवादका कारण अझैसम्म महाधिवेशन प्रतिनिधि चुन्न नसकेपछि उक्त क्षेत्र निर्वाचन प्रक्रियाबाट बाहिरिने भएको हो ।

यसअघि उक्त क्षेत्रमा अधिवेशन भएतापनि विवादका कारण निर्वाचन समितिले उक्त निर्वाचन बदर गर्दै पुनः नयाँ निर्वाचन गर्न भनेको भएपनि हालसम्म पनि चुनाव नभएकाले उक्त क्षेत्रले महाधिवेशनमा भाग लिने सम्भावना कम भएको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव जगन्नाथ श्रेष्ठले काठमाडौं प्रेसलाई बताए ।

उनले भने,‘अझै पनि सहमतिको प्रयास गर्न भनेका छौं, शुक्रबार १० बजेसम्म सहमतिमा नामावली केन्द्रमा उपलब्ध भएमा प्रतिनिधिहरु महाधिवेशनमा सहभागी हुन पाउनुहुनेछ । नत्र पाउनुहुँदैन ।’ 

प्रकाशित मिति: १९:२१ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्