Kathmandu Press

मध्यपूर्वमा स्थायित्व कायम गर्न कतार र साउदी अरब सहमत : कतारी अमिर

मध्यपूर्वमा स्थायित्व कायम गर्न कतार र साउदी अरब सहमत : कतारी अमिर

दोहा, मंसिर २३ : कतारी अमिर तमिम बिन हमाद अल थानीले मध्यपूर्व क्षेत्रमा सुरक्षा र स्थिरता कायम गर्न साउदी युवराज मोहम्मद बिन सलमान अल साउदसँग सहमत भएको बताएका छन्।

बुधवार अबेर  साउदी युवराज २०१७ मा शुरु भएको दुई देशहरू बीचको कूटनीतिक विवादलाई पूर्ण रूपमा अन्त्य गर्ने प्रयासमा कतार आइपुगेका छन्। 'हामीले पर्शियन खाडी क्षेत्रमा सुरक्षा र स्थिरता बढाउने हाम्रो साझा इच्छालाई पुष्टि गरेका छौं,' कतारी अमिरले बुधबार आफ्नो ट्विटर पेजमा लेखेका छन्।

२०१७  मा युएइमा, साउदी अरेबिया, बहराइन र इजिप्टले कतारलाई हस्तक्षेप र आतंकवादलाई प्रायोजित गरेको आरोप लगाउँदै कूटनीतिक सम्बन्ध तोडेका थिए। पछि कतिपय देशले पनि त्यस्तै गरे भने अरूले दोहासँगको कूटनीतिक सम्बन्धलाई घटाएर देशमा पूर्ण नाकाबन्दी लगाएका थिए।

दोहाले भने ती आरोपहरूलाई अस्वीकार गर्दै आएको छ। आफ्नो आर्थिक सफलतासँग छिमेकीहरूको असन्तुष्टि उनीहरूको शत्रुतापूर्ण नीतिहरूको पछाडि थियो भन्ने कतारको बुझाइ छ।
 
जनवरीमा साउदीले आयोजना गरेको गल्फ कोअपरेशन काउन्सिलको ४१ औं शिखर सम्मेलनले खाडी देशहरूबीच एकता पुनर्स्थापना गर्ने घोषणा गरेपछि यो गतिरोध हटेको हो।

प्रकाशित मिति: १९:१८ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्