शेखरले फेसबुकबाट ‘एकपटक, यसैपटक’ भन्दै शुरु गरे प्रचारप्रसार
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी डा. शेखर कोइरालाले प्रचारप्रसार शुरू गरेका छन् ।इतर पक्षको साझा उम्मेदवार उठाउन प्रयास...
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको संस्थापनइतर पक्षबाट सभापतिको आकांक्षी डा. शेखर कोइरालाले प्रचारप्रसार शुरू गरेका छन् ।
इतर पक्षको साझा उम्मेदवार उठाउन प्रयास जारी गरिरहेकै बेला शेखरले भने प्रचारप्रसार शुरू गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकबाट ‘एकपटक, यसैपटक’ भन्दै प्रचारप्रसार शुरू गरेका हुन् ।
आफू कुनै पनि हालतमा पछाडि नहट्ने बताउँदै आएका शेखरले प्रचारप्रसार नै शुरु गरेपछि अब साझा उम्मेदवार हुनेमा आशंका समेत उत्पन्न भएको छ ।
साझा उम्मेदवार छान्ने कसरतसहित आपसमा छलफलमा रहेका उनीहरूबीच कुनै खाले सहमति हुन सकेको छैन ।
प्रकाशित मिति: १८:३७ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











