Kathmandu Press

चुनौती स्वीकार गर्दै महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेँ : गगन थापा 

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले महामन्त्रीका लागि आफ्नो उम्मेदवारी चानचुने चुनौतीपूर्ण नरहेको बताएका छन् । ‘महामन्त्रीमा उम्मेदवारी किन ?’ अवधारणा...
चुनौती स्वीकार गर्दै महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेँ : गगन थापा 

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले महामन्त्रीका लागि आफ्नो उम्मेदवारी चानचुने चुनौतीपूर्ण नरहेको बताएका छन् । 

‘महामन्त्रीमा उम्मेदवारी किन ?’ अवधारणा सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै थापाले चुनौती स्वीकार गरेरै महामन्त्रीमा उम्मेदवारी दिने निर्णय गरेको बताएका हुन् ।  ‘गणेशमानदेखि, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालासम्मले लगाएको जुत्ता लगाएर महामन्त्रीका रुपमा कांग्रेस पार्टी कार्यालय छिर्नु चानचुने चुनौतीको कुरा होइन,’ उनले भने। 

उनले महामन्त्रीका लागि आफू योग्य भएको पनि बताएका छन्। विधानले भने अनुसार आफूमा पार्टीलाई अगाडि बढाउने  नीति कार्यक्रम समेत रहेको उनले बताए । नेता थापाले महामन्त्री भएमा आफ्नो नीति ‘समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा लाई कांग्रेसको मूल नारा बनाएर नेपाली जनतामाझ जाने बताएका छन्। 


 

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्