प्रदेश १ मा ११ जनामा कोरोना सङ्क्रमण
विराटनगर, मंसिर २३ : पछिल्लो २४ घन्टामा प्रदेश १ को तीन जिल्लामा मात्र कोरोना सङ्क्रमित देखिएका छन्। सङ्क्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको...विराटनगर, मंसिर २३ : पछिल्लो २४ घन्टामा प्रदेश १ को तीन जिल्लामा मात्र कोरोना सङ्क्रमित देखिएका छन्। सङ्क्रमण दर पनि अत्यन्त न्यून रहेको पाइएको छ।
सुनसरीमा पाँच, मोरङमा तीन, झापामा दुई र प्रदेश बाहिर एक गरी कुल ११ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ३४६ को पीसीआर र १२१ जनाको एन्टिजेन परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित देखिएको हो। प्रदेशमा आजै ११ महिलासहित २५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक पुरुष र एक महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१