Kathmandu Press

भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली, मंसिर २३ : भारतमा हिजो बुधबार ९ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कुल संक्रमितको सङ्ख्या ३ करोड ४६ लाख ६६...
भारतमा थप नौ हजार ४१९ जना कोरोना सङ्क्रमित

नयाँ दिल्ली, मंसिर २३ : भारतमा हिजो बुधबार ९ हजार ४१९ जनामा कोरोना सङ्क्रमण देखापरेपछि कोरोनाको कुल संक्रमितको सङ्ख्या ३ करोड ४६ लाख ६६ हजार २४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ। 

बुधबार कोरोना सङ्क्रमणबाट १५९ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ७४ हजार १११ पुगेको छ। भारतमा अझै पनि ९४ हजार ७४२ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ। 

गएको २४ घण्टामा भारतमा आठ हजार २५१ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म ३ करोड ४० लाख ९७ हजार ३८८ जनालाई कोरोनाको सङ्क्रमण निको भएका छन्।

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, मंसिर २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्