मुलुकभर २११ कोरोना संक्रमित थपिए, ३२९ डिस्चार्ज हुँदा २ को मृत्यु
काठमाडौं, मंसिर २३ : पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेका विवरण अनुसार पछिल्लो २४...
काठमाडौं, मंसिर २३ : पछिल्लो २४ घण्टामा देशभर २११ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेका विवरण अनुसार पछिल्लो २४ घन्टामा ८ हजार १८ नमूनाको पीसीआर परीक्षण गर्दा १९७ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै १ हजार ४३३ जनामा एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना पुष्टि भएको छ।
सोही अवधिमा ३२९ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जानकारी दिएको छ । कोरोना कारण आज २ जनाले ज्यान गुमाएका छन्।
योसंगै मुलुकभर कोरोना संक्रमितको कुल संख्या पीसीआरतर्फ ८ लाख २३ हजार ५५४ र एन्टीजेनतर्फ ९५ हजार ७०१ पुगेको छ । त्यस्तै हालसम्म ८ लाख ५ हजार ९०० संक्रमणमुक्त भएका छन् भने ११ हजार ५४९ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
देशभर कोरोनाको सक्रिय संक्रमित संख्या ६ हजार १ रहेको छ । तीमध्य ५ हजार ८३३ जना होम आइशोलेसनमा रहेका छन् । त्यस्तै २७२ जना संस्थागत आइसोलेशनमा छन् भने १२१ जना आइसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत छन्। संक्रमितमध्य ९७ जना क्वारेन्टिनमा छन्।











