Kathmandu Press

माओवादी केन्द्र प्रदेश समितिमा नाै पदाधिकारी हुने, सदस्य संख्या प्रदेशअनुसार बेग्लाबेग्लै

काठमाडाैं, मंसिर २३ : माओवादी केन्द्रले प्रदेश समितिमा पदाधिकारी र सदस्य थप गरेको छ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज (बिहीबार) बसेको स्थायी समिति बैठकले सात...
माओवादी केन्द्र प्रदेश समितिमा नाै पदाधिकारी हुने, सदस्य संख्या प्रदेशअनुसार बेग्लाबेग्लै

काठमाडाैं, मंसिर २३ : माओवादी केन्द्रले प्रदेश समितिमा पदाधिकारी र सदस्य थप गरेको छ।

पेरिसडाँडास्थित पार्टी कार्यालयमा आज (बिहीबार) बसेको स्थायी समिति बैठकले सात पदाधिकारी रहने व्यवस्थालाई संशोधन गरेर नौजना हुने व्यवस्था गरेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए।

अब माओवादी केन्द्रको प्देश कमिटीमा एकजना अध्यक्ष एक, तीनजना उपाध्यक्ष तीन, एकजना सचिव एक, तीनजना सहसचिव तीन र एकजना कोषाध्यक्ष हुनेछन्।

सदस्य संख्या भने प्रदेशअनुसार बेग्लाबेग्लै हुने भएको छ। यसअघि बढीमा ७५ जना हुने व्यवस्था थियो। प्रदेश निर्वाचन क्षेत्रका आधारमा प्रदेश सदस्यको सङ्ख्या तय गरिएको प्रवक्ता महराले जानकारी दिए।

उनका अनुसार अब प्रदेश १ मा २५९, प्रदेश २ मा २७१, वाग्मतीमा २७५ र गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिममा २२३ सदस्यीय प्रदेश कमिटी बन्नेछन्।

माओवादी केन्द्रको प्रदेश सम्मेलन पर्सि (मंसिर २५ गते) सुरू हुँदैछ।

आजकै स्थायी कमिटी बैठकले पम्फा भुसालको संयोजकत्वमा महिला विभाग गठन गर्ने निर्णय गरेको छ। सदस्य भने पछि चयन गरिने बताइएको छ।

बैठकले माओवादी केन्द्रमा प्रवेश गर्नेहरूसँग छलफल र छानबिन गर्न देव गुरुङको नेतृत्वमा कार्यदल पनि बनाएको छ। सो कार्यदलमा गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य रहने प्वक्ता महराले जानकारी दिए।

प्रकाशित मिति: १६:२५ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्