१५ लाख डोज मोडर्ना खोप नेपाल आइपुग्यो, आइतबार थप १९ लाख डोज आउने
काठमाडौं, मंसिर २३ : कोभिड-१९ विरुद्धको १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज (बिहीबार) नेपाल आइपुगेको छ।स्वास्थ्य सेवा विभागका अनुसार गाभी र...
काठमाडौं, मंसिर २३ : कोभिड-१९ विरुद्धको १४ लाख ९८ हजार ६०० डोज मोडर्ना खोप आज (बिहीबार) नेपाल आइपुगेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार गाभी र कोभ्याक्स सुविधामार्फत कतार एयरको जहाजमार्फत आज दिउँसो ३ बजे उक्त खोप नेपाल आइपुगेको हो।
मोडर्नाकै थप १९ लाख ६५ हजार ६०० डोज खोप आगामी आइतबार नेपाल आइपुग्ने पनि विभागले जनाएको छ। यसअघि मोडर्नाकै १ लाख ८८ हजार डोज खोप आइसकेको छ।
मोडर्ना खोप १८ वर्ष मुनिका बालबालिकालाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यसैगरी कोभिसिल्डको ६ लाख डोज खाेप पनि बुधबार आइपुगेको विभागले जनाएको छ।
प्रकाशित मिति: १६:१० बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











