कांग्रेस महाधिवेशनमा भाग लिन भाजपा र कांग्रेस आईका प्रतिनिधि आउने
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईका प्रतिनिधिहरू नेपाल आउने टुंगो लागेको छ।महाधिवेशनमा अन्य विदेशी पाहुनालाई...
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको १४औं महाधिवेशनमा भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईका प्रतिनिधिहरू नेपाल आउने टुंगो लागेको छ।
महाधिवेशनमा अन्य विदेशी पाहुनालाई पनि बोलाइएको तर भाजपा र कांग्रेस आईका प्रतिनिधिहरू सहभागी हुने टुंगो लागेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।
भाजपा अहिले भारतमा केन्द्रीय सत्ता सम्हालिरहेको पार्टी हो भने कांग्रेस आई त्यहाँको प्रमुख प्रतीपक्षी दल हो।
महाधिवेशनको उद्घाटन समारोहमा नेपालका मुख्य राजनीतिक दलका नेता र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम रहेको आज (बिहीबार) कांग्रेस केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय समितिको बैठकपछि प्रवक्ता शर्माले यस्तो बताएका हुन्।
प्रकाशित मिति: १५:४८ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











