सकियाे कांग्रेस केन्द्रीय समिति बैठक, तीन प्रतिवेदन पारित
काठमाडौं, मंसिर २३ : कांग्रेस केन्द्रीय समिति बैठक तीन प्रतिवेदन पारित गर्दै सकिएको छ।१४औं महाधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन आज (बिहीबार) बसेको बैठकले महामन्त्री...
काठमाडौं, मंसिर २३ : कांग्रेस केन्द्रीय समिति बैठक तीन प्रतिवेदन पारित गर्दै सकिएको छ।
१४औं महाधिवेशन सुरु हुनुभन्दा अघिल्लो दिन आज (बिहीबार) बसेको बैठकले महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काको राजनीतिक प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।
ती प्रतिवेदनलाई महाधिवेशनको उद्घाटन सत्रपछि प्रतिनिधिसमक्ष प्रस्तुत गरिने प्रवक्ता विश्वप्रकाश शर्माले बताए। आवश्यकताअनुसार विभिन्न समयमा गरिएको विधान परिमार्जन, संशोधनलगायत विषय पनि बैठकले अनुमोदन गरेको जनाइएको छ।
बैठकमा पदाधिकारी थप गर्ने प्रस्ताव पेस नगरिएको पनि विश्वप्रकाश शर्माले बताए। आजको बैठकमा उक्त पेस गर्ने कार्यसूची थियो।
महाधिवेशनको मुखमा आएर पदाधिकारी र केन्द्रीय सदस्य थप्दा महाधिवेशन प्रभावित हुन सक्ने भन्दै नेता रामचन्द्र पौडेल र प्रकाशमान सिंहले असन्तुष्टि जनाएका थिए। उनीहरु बैठकमा सहभागी पनि भएनन्।











