न्यायालयमा भइरहेको हडताल न्यायाधीशभित्रको गुटको झगडा हो : ज्ञवाली
काठमाडौं, मंसिर २३ : एमालेले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई न्यायाधीशहरूको दुई गुटबीचको झगडाको संज्ञा दिएको छ। त्यसकारण सर्वोच्चमा...
काठमाडौं, मंसिर २३ : एमालेले प्रधानन्यायायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई न्यायाधीशहरूको दुई गुटबीचको झगडाको संज्ञा दिएको छ। त्यसकारण सर्वोच्चमा भइरहेको आन्दोलन मर्यादाबाहिर गएको निष्कर्ष पनि एमालेको छ।
आज (बिहीबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘अहिले न्यायालयमा भइरहेको हडताल न्यायाधीशभित्रको गुटको झगडा हो। कतिपय न्यायाधीशलाई प्रधानन्यायधीशलाई हटाउन पाए त्यो पदमा पुग्न सकिन्छ कि भन्ने लागेको होला, कतिपय कानुन व्यवसायीलाई अहिले तर्साउन सके गरुडको छायाजस्तो बनाउन सकिएला भन्ने लागेको होला।’
अहिले भइरहेको आन्दोलनबाट न्यायालयलाई सुधार्न नसक्ने दाबी पनि उनले गरे। ‘व्यक्ति केन्द्रित आन्दोलनले न्यायालय सुधार गर्न सक्दैन,’ उनले भने। एमाले न्यायालयबाट पीडित पार्टी बनेको पनि ज्ञवालीको भनाइ थियो। तर स्वतन्त्र र सक्षम न्यायालयको पक्षमा एमाले रहेको र न्यायालयले स्वच्छ न्याय सम्पादन गर्नुपर्छ भन्ने मान्यतामा अडिग रहेको उनले बताए।
अहिलेको अवस्थामा आगामी मंसिर २८ गतेबाट सुरु हुने भनिएको संसद बैठक चल्न नसक्ने ठोकुवा पनि उनले गरे।











-1788524800.jpg)