Kathmandu Press

लमजुङ दुर्घटना अपडेटः तीन जनाको मृत्यु, ९ जना घाइते 

काठमाडौं, मंसिर २३ : लमजुङ जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शिक्षक, विद्यार्थी चढेको ग १ ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८...
लमजुङ दुर्घटना अपडेटः तीन जनाको मृत्यु, ९ जना घाइते 

काठमाडौं, मंसिर २३ : लमजुङ जिप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । शिक्षक, विद्यार्थी चढेको ग १ ज ६३१७ नम्बरको जिप मर्स्याङ्दी गाउँपालिका–८ भुस्मेमा दुर्घटनाग्रस्त भएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन्।  

गाउँपालिकाको वडानम्बर २ मा रहेको गणेश माविका शिक्षक, विद्यार्थी ‘पिस हिल’ भन्ने ठाउँतिर शैक्षिक भ्रमणका लागि जाँदै गरेको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
 
दुर्घटनामा  एक जना विद्यार्थी, एक शिक्षक र एक स्थानीयको मृत्यु भएको हो । घाइतेमध्य २ जनालाइ उपचारका लागि चितवन पठाइएको छ भने ७ जनाको जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको छ।
 
जिपमा १६ जना सवार थिए । मर्स्याङ्दी गाउँपालिका–८ को खुँदी सिमपानी भन्ने ठाउँबाट भुस्मेतर्फ जाँदै गर्दा जिप पल्टिएको थियो।

प्रकाशित मिति: १४:३१ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्