Kathmandu Press

कांग्रेसको केन्द्रीय समिति बैठक जारी, तीन सहमहामन्त्री थप्ने तयारी

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ। बैठकमा शुक्रबार सुरु हुने १४औं महाधिवेशनबारे छलफल भइरहेको जनाइएको छ।बैठकमा...
कांग्रेसको केन्द्रीय समिति बैठक जारी, तीन सहमहामन्त्री थप्ने तयारी

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी कार्यालय सानेपामा जारी छ। बैठकमा शुक्रबार सुरु हुने १४औं महाधिवेशनबारे छलफल भइरहेको जनाइएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी छन्। महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले वर्तमान केन्द्रीय कार्यसमितिको यो अन्तिम बैठक हो।

बैठकमा सहमहामन्त्री तीनजना थपेर ११ पुर्‍याउन प्रस्ताव पेस गरिने जनाइएको छ। बैठकमा पेस गर्न नेता रमेश लेखकले प्रस्ताव पारेको जनाइएको छ। १६७ सदस्यीय वर्तमान केन्द्रीय समितिमा तीन सहमहामन्त्रसहित केही केन्द्रीय सदस्य थप्ने तयारी भइरहेको एक नेताले बताए। 

महाधिवेशनको मुखमा विधान संशोधन गरेर पदाधिकारी संख्या वृद्धि र केन्द्रीय समसतको आकार बढाउने विषयमा असन्तुसट रहेका नेता रामचन्द्र पौडेल अनुपस्थित हुने जनाइएको छ।

सो बैठकमा नेता प्रकाशमान सिंह पनि अनुपस्थित छन्। 

प्रकाशित मिति: १४:११ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्