कांग्रेस केन्द्रीय समिति बैठकमा प्रकाशमान पनि गएनन्
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता प्रकाशमान सिंह अनुपस्थित भएका छन्। बिहीबार मध्यान्ह शुरु भएको बैठकमा पूर्वमहामन्त्री रहेका सिंह अनुपस्थित...
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा नेता प्रकाशमान सिंह अनुपस्थित भएका छन्। बिहीबार मध्यान्ह शुरु भएको बैठकमा पूर्वमहामन्त्री रहेका सिंह अनुपस्थित भएका हुन्।
महाधिवेशन शुरु हुने अघिल्लो दिन बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति देउवाले पार्टी सहमहामन्त्री थप गर्ने प्रस्ताव लैजाने तयारी गरेका छन्। संस्थापन इतरपक्षले भने सभापतिबाट त्यस्तो प्रस्ताव आए प्रतिवाद गर्ने तयारी गरेको छ।
कांग्रेसमा आठ जना सहमहामन्त्रीको व्यवस्था रहेको भएपनि खुलातर्फ एक जना पनि नभएकाले दुई जना खुलातर्फ सहमहामन्त्री थप गर्न प्रस्ताव गर्ने तयारी देउवाले गरेका हुन्।
देउवाले सहमहामन्त्री थप्ने तयारी गरेकै कारण वरिष्ठ नेता रामचन्द्र पौडेल पनि बैठकमा गएनन्। उनी देउवालाई जानकारी गराएरै बैठकमा अनुपस्थित भएका हुन्।
प्रकाशित मिति: १४:०० बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











