प्रकाशमानको अडान : सभापतिको दौडबाट पछि हट्दिनँ
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवार दिने घोषणा गरेका छन् । बिहीवार बिहान बानेश्वरमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण...
काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टीको महाधिवेशनमा सभापतिको उम्मेदवार दिने घोषणा गरेका छन् ।
बिहीवार बिहान बानेश्वरमा कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै सिंहले पार्टी सभापतिका लागि आफू योग्य भएको बताएका हुन्। उनले आफू सभापति बनेर पार्टीलाई विधिसम्मत ढंगले चलाउने बताएका छन् ।
सालिक अनावरण कार्यक्रममा बोल्दै सिंहले भने , ‘म सभापतिको दौडबाट पछि हट्दिनँ। पार्टीलाई विधिसम्मत तरिकाले चलाउँछु।’
कांग्रेसको संस्थापनइतर पक्षमा सभापतिको उम्मेदवार टुंग्याउन कठिन भएको बेला सिंहले सार्वजनिक रुपमै आफू उम्मेदवार बन्ने बताएका हुन्।
संस्थापनइतर पक्षमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाबीच कुरा नमिल्दा सभापति कसलाई बनाउने भन्ने विषयमा सहमति हुन सकेको छैन। प्रकाशमान सिंह र शेखर कोइरालाले दाबी नछाड्दा सहमति नभएको हो। दुबैले आ–आफ्नो अडान छाडेर सहमतिमा आउन पौडेलले आग्रह गर्दै आएका छन्।











