Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठकमा नेता पौडेल नजाने

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आज बस्ने पार्टीको  केन्द्रीय समिति बैठकमा नजाने भएका छन्।आजको बैठकमा विधान संशोधन गरेर पदाधिकारी संख्या...
कांग्रेस केन्द्रीय समिति बैठकमा नेता पौडेल नजाने

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल आज बस्ने पार्टीको  केन्द्रीय समिति बैठकमा नजाने भएका छन्।

आजको बैठकमा विधान संशोधन गरेर पदाधिकारी संख्या बढाउने तयारी भएपछि असन्तुष्ट रहेको स्रोतले बताएको छ। महाधिवेशनको मुखैमा विधान संशोधन र पदाधिकारी संख्या वृद्धि गर्नु गलत रहेको भनाइ उनको रहेको बताइएको छ।

पौडेलको सचिवालयले दिएको जानकारीअनुसार केन्द्रीय समिति बैठकमा उपस्थित नहुनेबारे उनले सभापति शेरबहादुर देउवालाई जानकारी दिइसकेको जनाइएको छ।

प्रकाशित मिति: १३:२६ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्