Kathmandu Press

आशा लघुवित्तको साधारण सेयर खुल्ला

काठमाडौं, माघ १८ : आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिक्री शुरु भएको छ । कम्पनीले शुक्रबारदेखि ६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका....

आशा लघुवित्तको साधारण सेयर खुल्ला

काठमाडौं, माघ १८ : आशा लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आइपीओ) बिक्री शुरु भएको छ । कम्पनीले शुक्रबारदेखि ६ लाख ७४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैंयाँ बराबरको पनि आवेदन दिन सक्ने संस्थाले जनाएको छ । यस्तै अधिकतम तीन हजार तीन सय ७० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । यही माघ २२ देखि फागुन १९ गतेसम्म खरिद गर्न सकिने छ ।

बिक्री हुन लागेको सेयरमध्ये १० हजार तीन सय ७० कित्ता कर्मचारीलाई, ३३ हजार सात सय कित्ता म्युचुअल फन्डलाई र बाँकी ६ लाख २९ हजार नौ सय ३० कित्ता सर्वसाधारणका लागि बिक्री गरिने छ । सो लघुवित्त प्रभु समूहले प्रवद्र्धन गरेको संस्था हो ।

प्रकाशित मिति: १४:३३ बजे, शुक्रबार, माघ १८, २०७५
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्