Kathmandu Press

इन्डोनेसिया ज्वालामुखी : मृतकको संख्या ३९ पुग्यो

जकार्ता, मंसिर २३ : इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ।ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना...
इन्डोनेसिया ज्वालामुखी : मृतकको संख्या ३९ पुग्यो

जकार्ता, मंसिर २३ : इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ।

ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन्। गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वीक्षेत्रमा लुमाजाङ्ग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो।

यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन्। ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ। 

प्रभावित क्षेत्रबाट करिब चार हजार व्यक्तिलाई अस्थायी बासस्थानमा सारिएको छ। ज्वालामुखी भग्नावशेष, भत्किएका भवन र ध्वस्त भएका सवारीसाधनमा बाँचेका र शव खोज्दै, उद्धारकर्ता खतरनाक परिस्थितिसँग लडिरहेका छन्।

यहाँको राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले यहाँ अहिलेसम्म पनि १२ जना व्यक्ति हराइरहेको जानकारी दिए।

उनले हराएका ती व्यक्तिबारे पत्ता लाग्न सकेको छैन, उनीहरु हराएका या मृत्यु भएको पनि हुन सक्ने बताएका छन्। जकार्ता समयानुसार गत शनिबार दिउँसो ३ः१० बजे तीन हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो।

प्रकाशित मिति: १२:२३ बजे, बिहीबार, मंसिर २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्