Kathmandu Press

मालीमा सात शान्ति सैनिकको हत्या, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

मालीमा सात शान्ति सैनिकको हत्या, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

बामाको, मंसिर २३ : मालीमा संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिक मारिएका छन्। मालीमा खटेको शान्ति मिसन मिनुस्माका सातजना सैनिक मारिएको बताइएको छ।

बुधबार ती सैनिक मालीको राजधानी बामाकोनजिकै भएको आक्रमणमा मारिएका हुन्। सो आक्रमणमा परी अरु तीनजना गम्भीर रुपमा घाइते भएका संयुक्त राष्ट्रसंघीय सो शान्ति मिसनले जनाएको छ।

मालीको सो संयुक्त राष्ट्रसंघीय मिसनले सहायता सामग्री बोकेर डोजेन्टा नगरबाट गइरहेका बेला सवारीसाधनमाथि नै हमला गरिएको थियो। सो हमलामा परी सातजना शान्ति सैन्य मारिएका र अरु तीनजना गम्भीर रुपमा घाइते भएका यहाँको सो मिसनले विज्ञप्ति प्रकाशन गरी जानकारी दिएको छ।

यसअघि पनि मालीको शान्ति मिसनमा यसैगरी हमला हुने गरेको थियो। जसमा परेर कैयौं सैनिक मारिएका छन्। सो शान्ति मिसनमाथि भएको हमलाको संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले निन्दा गरेका छन्।

उनले शान्ति स्थापनाका लागि खटेएका सैनिकमाथिको हमला निन्दनीय रहेको बताएका छन् ।

प्रकाशित मिति: १२:०२ बजे, बिहीबार, मंसिर २३, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्