जापानमा ६.० म्याग्निच्युडको भूकम्प

टाेकियाे, मंसिर २३ : जापानको कागोसिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ। स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो।
यसको केन्द्रबिन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराइमा १२९.४ डिग्री पूर्व देशान्तरमा थियो। यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन।
प्रकाशित मिति: ११:५८ बजे, बिहीबार, मंसिर २३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











