६ वटा निर्माण कम्पनी एकदेखि तीन वर्षका लागि कालोसूचीमा
काठमाडौं, मंसिर २३ : सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ। मापदण्ड पु¥याएर काम नगर्ने, तोकिएको समयमा काम नसक्ने...
काठमाडौं, मंसिर २३ : सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण व्यवसायी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ।
मापदण्ड पु¥याएर काम नगर्ने, तोकिएको समयमा काम नसक्ने लगायत विभिन्न कारण देखाई ६ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो।
कालोसूचीमा पर्ने निर्माण व्यवसायी कम्पनीहरुमा एलिट कन्स्ट्रक्सन, निलगिरी निर्माण सेवा, च्याङ्ग्रासी निर्माण सेवा, एसएनसी निर्माण सेवा, एसएमएस कन्सट्रक्सन र त्रिदेव निर्माण सेवा रहेका छन्।
सम्झौता अनुसार निर्माण सम्पन्न नगरेकाका कारण सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा ९१० बमोजिम ती कम्पनीलाई कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार सडक डिभिजन कार्यालय लहानको सिफारिसमा निलगिरि निर्माण सेवालाई तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।
त्यस्तै सर्लाहीको चन्द्रनगर गाउँपालिकाको सिफारिसमा एलिट कन्स्ट्रक्सन कम्पनी तथा तारकेश्वर नगरपालिका काठमाडौँको सिफारिसमा च्याङ्ग्रासी निर्माण सेवालाई दुई÷दुई वर्षका लागि कालोसूचीमा राखिएकोे छ । यसैगरी एसएसएम कन्स्ट्रक्सन प्रालि, त्रिदेव निर्माण सेवा र एसएनसी निर्माण सेवा प्रालिलाई एक÷एक वर्षका लागि कालोसूचीमा राखिएको सो कार्यालयले जनाएको छ ।
ती कम्पनीले कालोसूची अवधिभर सरकारी निकायको कुनै पनि खरिद तथा निर्माणका कार्यमा भाग लिन पाउने छैनन् । कालोसूचीमा राख्नुभन्दा अगाडि सम्झौता भएका कार्य भने निरन्तरता हुने कार्यालयले जनाएको छ।












