Kathmandu Press

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्न लागेको छ।कांग्रेस सपभाति शेरबहादुर देउवाले आज बिहान साढे ११ बजे केन्द्रीय...
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं, मंसिर २३ : नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बिहान बस्न लागेको छ।

कांग्रेस सपभाति शेरबहादुर देउवाले आज बिहान साढे ११ बजे केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन्। आजको बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने जनाइएको छ।

कांग्रेसको १४औं महाधिवेशन भोलिदेखि काठमाडौंमा सुरु हुँदै छ। महाधिवेशनको तयारी तीव्र रुपमा भइरहेको छ।

महाधिवेशन प्रतिनिधि काठमाडौं आउन थालिसकेका छन्। महाधिवेशन प्रतिनिधिका लागि काठमाडौंका विभिन्न स्थानमा होटल बुक भइसकेका छन्।

मंसिर २४ देखि सुरु हुने महाधिवेशन मंसिर २७ गतेसम्म चल्नेछ। मंसिर २७ गते नेतृत्वका लागि मतदान हुने कार्यक्रम रहेको छ।

 

प्रकाशित मिति: ०७:२० बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्