Kathmandu Press

आजदेखि काठमाडौं उपत्यकामा नियमित खोप

काठमाडौं, मंसिर २३ : काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्ध नियमित खोप लगाइने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी १८ वर्षभन्दा माथिका...
आजदेखि काठमाडौं उपत्यकामा नियमित खोप

काठमाडौं, मंसिर २३ : काठमाडौं उपत्यकामा आजदेखि कोरोना भाइरसविरुद्ध नियमित खोप लगाइने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना प्रकाशित गरी १८ वर्षभन्दा माथिका सबै नागरिकलाई कोभिसिल्ड, भेरोसेल र एस्ट्राजेनेकाको खोप लगाउन थालिएको जनाएको छ। कोरोनाविरुद्ध खोपका पहिलो डोज लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

काठमाडौंमा सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, शहीद मेमोरियल अस्पताल कलंकी, लोट्से भवन नयाँ बसपार्क, वीरेन्द्र सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महराजगञ्ज, वीर अस्पताल महाबौद्ध र वयोधा अस्पताल बल्खुमा खोप केन्द्र तोकिएको छ।

यस्तै, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, परोपकार प्रसूतीगृह तथा स्त्री रोग अस्पताल थापाथली, निजामती कर्मचारी अस्पताल मिनभवन र एपेक्स पोलीक्लिनिक, जडीबुटी, कोटेश्वरमा पनि कोरोनाविरुद्धको खोप दिइने भएको छ।

बिदाको दिनबाहेक बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म खोप लगाइने भएको छ। नजिकको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ।

प्रकाशित मिति: ०७:११ बजे, बिहीबार, मंसिर २३, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्