Kathmandu Press

रामचन्द्र पौडेलको आक्रोश: सबै लड्ने भए, म राजनीति नै छोड्छु 

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट पार्टीको १४औँ महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न नेताहरु नमानेपछि आफूले राजनीति...
रामचन्द्र पौडेलको आक्रोश: सबै लड्ने भए, म राजनीति नै छोड्छु 
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । फाइल तस्बिर ।

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट पार्टीको १४औँ महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न नेताहरु नमानेपछि आफूले राजनीति छाड्ने चेतावनी दिएका छन् ।

आज सभापतिका आकांक्षी मध्येका एक प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेताहरु टसमस नभएपछि पौडेलले भने यस्तो बताएको नेता रामशरण महतले जानकारी दिएका हुन्।

 ‘प्रकाशमान आफैं लड्छु भन्ने, शेखर कोइराला पनि आफैँ लड्ने कोही छोड्न मान्दैनन् । उता रामचन्द्र पौडेल यी दुई लडे भने म पार्टीबाटै बिदा हुन्छु । घरै बस्छु, राजनीतिबाटै सन्यास लिने खालको कुरा गरिरहेका छन्,’ महतले भने, ‘अहिलेको अवस्था हेर्दा मिल्ने नेताहरु मिल्ने देखिएन’ महतले भने ।

नेताहरुले आफ्नो दाबी नछाडेपछि नेता पौडेलले भने अरु सबै एक भए भने आफू छाड्न तयार रहेको बताएका थिए। नत्र आफूलाई छाड्नुपर्ने उनको भनाइ रहेको नेता महतले जनाएका छन् । 
 

प्रकाशित मिति: १९:४७ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्