कांग्रेस सभापतिको मतगणना सभागृहमा, पदाधिकारी र सदस्यको पार्टी कार्यालयमा (कार्यतालिका सहित)
काठमाडौं, मंसिर २२ : शुक्रबारबाट शुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ ।नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले...
काठमाडौं, मंसिर २२ : शुक्रबारबाट शुरु हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ ।
नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रकाशन गरेको तालिका अनुसार २४ गते बिहान १० बजे मतदाता अर्थात् प्रतिनिधिहरूको नामावली प्रकाशन हुनेछ ।
यस्तै, २५ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको मनोनयन र त्यसै दिन राति ९ बजेसम्म दाबी विरोध गर्न पाइनेछ । यस्तै २६ गते दिउँसो सवा १२ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने छ भने २७ गते बिहान ८ बजेदेखि राष्ट्रिय सभा गृहमा मतदान सुरु हुने केन्द्रीय निर्वाचन समितिले बताएको छ ।
समितिले सभापतिको मतगणना सभा गृहमा र अरू पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने पनि जानकारी गराएको छ ।

प्रकाशित मिति: १९:३३ बजे, बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











