Kathmandu Press

कांग्रेस महाधिवेशनका लागि आचार संहिता : माइकिङ गर्न नपाईने, मतदानस्थलमा मोबाइल प्रतिबन्ध 

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ ।जारी गरिएको आचारसंहिता अनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा...
कांग्रेस महाधिवेशनका लागि आचार संहिता : माइकिङ गर्न नपाईने, मतदानस्थलमा मोबाइल प्रतिबन्ध 

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसले १४ औँ महाधिवेशनका लागि निर्वाचन समितिले आचारसंहिता जारी गरेको छ ।

जारी गरिएको आचारसंहिता अनुसार उम्मेदवारले प्रचारप्रसार गर्दा भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्न सक्ने, कसैको व्यक्तिगत चरित्रमा लाञ्छना लाग्ने गरी प्रचार गर्न पाईने छैन् । 

यस्तै केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा, भृकुटीमण्डप र राष्ट्रिय सभा गृह कांग्रेसको महाधिवेशन क्षेत्र भएकाले यी ठाउँको पाँच सय मिटर वरपर चुनावसँग सम्बन्धित भित्ते लेख, तुल, ब्यानर, पर्चा पम्प्लेट, माइकिङ लगायतका प्रचारप्रसार पनि नपाईने भएको छ ।

यस्तै मतदानस्थल भृकुटीमण्डप र राष्ट्रिय सभा गृह भित्र मोबाइल फोन प्रतिबन्ध गरिएको पनि केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि काठमाडौंमा शुरु हुनेछ । 

प्रकाशित मिति: १९:२५ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्