सुदूरपश्चिम प्रदेशमा थप छ जनामा काेराेना संक्रमण पुष्टि
कैलाली, मंसिर २२ : सुदूरपश्चिम प्रदेशमा बुधबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन...कैलाली, मंसिर २२ : सुदूरपश्चिम प्रदेशमा बुधबार थप छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। गएको २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ७६० जनाको नमूना परीक्षण गर्दा छ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।
आरटी पीसीआरमार्फत चार र एन्टीजेन विधिमार्फत दुई जनामा सङ्क्रमण पुष्टि भएको हो। पीसीआर विधिमार्फत सेती प्रादेशिक अस्पतालमा चार र एन्टीजेन विधिमार्फत कञ्चनपुरका दुई जनामा सङ्क्रमण देखिएको हो।
यस्तै गएको २४ घण्टामा प्रदेशभर पाँच जनाले कोरोना जितेका छन्। उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन।
यसअघि मङ्गलबार यस प्रदेशमा चारमा सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए। सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१० जनाको ज्यान गइसकेको छ।
प्रकाशित मिति: १९:२५ बजे, बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पोखरामा सामुदायिक विद्यालय पढाउने अभिभावकको निःशुल्क स्वास्थ्य बिमाशुक्रबार, मंसिर ७, २०८१
झापाबाट एघार करोडको चिया निर्यातशुक्रबार, मंसिर ७, २०८१
जटिल रोग लागेका बिरामीलाई लुम्बिनी प्रदेशको दुई लाख सहयोगशुक्रबार, मंसिर ७, २०८१
अर्जुनचौपारी गाउँपालिकाद्धारा स्याङ्जाका तीन यु–१९ महिला क्रिकेटरलाई सम्मान बिहीबार, मंसिर ६, २०८१