Kathmandu Press

हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावत दम्पतीको मृत्यु 

एजेन्सी, मंसिर २२ : भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ– सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ।भारतीय वायु सेनाले रावतसहित...
हेलिकोप्टर दुर्घटनामा भारतीय सेना प्रमुख रावत दम्पतीको मृत्यु 

एजेन्सी, मंसिर २२ : भारतीय सेना प्रमुख (चिफ अफ डिफेन्स स्टाफ– सीडीएस) जनरल विपिन रावतको हेलिकोप्टर दुर्घटनामा परेर मृत्यु भएको छ।

भारतीय वायु सेनाले रावतसहित १३ जनाको मृत्यु भएको जनाएको छ । भारतीय वायु सेनाले जनरल रावत तथा उनकी पत्नी मधुलिका रावत र अन्य ११ जनाको दुर्घटनामा मृत्यु भएको बताएबो छ ।

रावत जनवरी १, २०२० मा भारतको पहिलो चिफ अफ डिफेन्स स्टाफ नियुक्त भएका थिए।  उनी ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्वर २०१९ सम्म भारतीय स्थल सेनाध्यक्ष थिए।

जनरल रावत, उनकी पत्नी, अरु उच्च सैनिक अधिकारी र रावतको सचिवालयका कर्मचारीहरु सवार हेलिकोप्टर बुधबार दिउँसो तामिलनाडु राज्यको कुन्नुरनजिक घना जंगलको बीचमा दुर्घनामा परेको थियो।  

विशिष्ट व्यक्तिहरुको सवारीमा प्रयोग हुने भारतीय वायु सेनाको एमआई–१७ बी५ हेलिकोप्टर दुर्घटनामा परेको हो। 

प्रकाशित मिति: १९:१४ बजे, बुधबार, मंसिर २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्