राप्रपाले पार्टी एकताका लागि समिति गठन गर्ने
काठमाडौं, मंसिर २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि...
काठमाडौं, मंसिर २२ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी एकताका लागि वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बुधबार काठमाडौंमा एकता महाधिवेशनपछि बसेको राप्रपाको पहिलो केन्द्रीय समिति बैठकले समान विचारधारा भएका राजनीतिक दल, व्यक्ति वा धार्मिक संघ संस्थासँग एकता र सहकार्य गर्न महामन्त्री धवलशमशेर राणाको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको बताईएको छ।
बैठकले आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै महामन्त्री भुवन पाठकको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
यस्तै पार्टीका नवनिर्वाचित पदाधिकारी र सदस्यहरूको मर्यादाक्रम निर्धारणका लागि उपाध्यक्ष ध्रूवबहादुर प्रधानको संयोजकत्वमा मर्यादाक्रम निर्धारण समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले पार्टीका सवै भातृ संगठनलाई ३ महिनाभित्र महाधिवेशन गर्ने कार्यतालिका पेश गर्न पनि निर्देशन समेत दिएको छ ।











