कांग्रेस इतर पक्षले आज पनि तय गर्न सकेन् साझा उम्मेदवार
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि इतर पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न आज पनि असफल भएको छ ।
काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि इतर पक्षले सभापतिको साझा उम्मेदवार तय गर्न आज पनि असफल भएको छ ।
आज साँझसम्ममा इतर पक्षको साझा उम्मेदवार घोषणा गर्ने भनिएतापनि सहमति जुट्न सकेन् ।
सभापतिका दावेदारमध्येका दुई जना प्रकाशमान सिंह र शेखर कोइरालाले कुनै पनि हालतमा आफ्नो दावी नछाड्ने भनेपछि आज पनि साझा उम्मेदवार तय गर्न असफल भएको हो ।
अब भोलि (बिहिबार) आकांक्षीहरु बाहेक केन्द्रीय सदस्यहरु छलफलमा बस्ने र विकल्प सुझाउने नेताहरुले जनाएका छन् ।
प्रकाशित मिति: १८:४२ बजे, बुधबार, मंसिर २२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











