Kathmandu Press

माओवादी केन्द्रले बनायो ३३ केन्द्रीय विभाग, कसलाई के जिम्मेवारी? 

काठमाडौं, मंसिर २२ : माओवादी केन्द्रले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ। ती सबै विभागको जिम्मेवारी पनि तोकिएको छ।माओवादी केन्द्रले विभागसँगै नीति अनुसन्धान...
माओवादी केन्द्रले बनायो ३३ केन्द्रीय विभाग, कसलाई के जिम्मेवारी? 

काठमाडौं, मंसिर २२ : माओवादी केन्द्रले ३३ वटा केन्द्रीय विभाग गठन गरेको छ। ती सबै विभागको जिम्मेवारी पनि तोकिएको छ।

माओवादी केन्द्रले विभागसँगै नीति अनुसन्धान प्रतिष्ठान पनि गठन गरेको छ तर त्यसको प्रमुख र उपप्रमुख भने तोकेको छैन।

अध्यक्ष पुष्पकमल दाहाल  ‘प्रचण्ड’ले स्कुल विभाग इन्चार्जको जिम्मेवारी लिएका छन्। अर्थ तथा योजना विभाग प्रमुख वर्षमान पुनलाई बनाइइएको छ। नारायणकाजी श्रेष्ठको भागमा विदेश मामिला विभाग प्रमुख परेको छ।

अर्थमन्त्री जर्नादन शर्माले संगठन विभाग प्रमुखको जिम्मेवारी पाउँदा पार्टी प्रवक्ता कृष्णबहादुर महरा प्रचार तथा रक्षा विभाग प्रमुख बनेका छन्।

उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखको जिम्मेवारी मातृका यादवले पाएका छन् भने अधिवक्ता खिमलाल देवकोटा निर्वाचन विभाग प्रमुख बनाइएका छन्।

उद्योग तथा वाणिज्य विभाग र कृषि तथा भूमिसुधार विभगमा क्रमशः वामदेव क्षेत्री र हरिबोल गजुरेल प्रमुख बनेका छन्।

खानेपानी तथा सरसफाइ विभाग प्रमुखको जिम्मेवारी बिना मगरले पाएकी छन्।

प्रकाशित मिति: १८:१३ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्