Kathmandu Press

अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

अमेरिकी राष्ट्रपति बाइडन र रूसी राष्ट्रपति पुटिनबीच वार्ता

वासिङ्टन, मंसिर २२ : अमेरिकी राष्ट्रपति जो बाइडन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताए। 

सलीभेनका अनुसार सम्मेलनमा बाइडनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन गर्ने अमेरिकाको अडानलाई दोहो¥याएका थिए। युक्रेनलाई अतिरिक्त प्रतिरक्षात्मक प्रबन्ध उपलब्ध गराउने योजना अमेरिकाको छ।

रूसी राष्ट्रपतिको प्रेस वेबसाइटमा पनि पुटिन र बाइडनबीच बुधबार वार्ता भएको जानकारी गराइएको छ। 

उक्त भिडियो वार्तामा दुवै देशका नेताहरूले निरन्तर रूपमा सन् २०२१ को जुन महिनामा सम्पन्न भएको जेनेभा भेटवार्ताको उपलब्धिलाई व्यवहारमा उतार्दै जाने विषयबारे चर्चा भएको पनि बताइएको छ।

प्रकाशित मिति: १७:४२ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्