Kathmandu Press

भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृतककाे संख्या १३ पुग्याे

काठमाडाैं, मंसिर २२ : भारतको तलिमनाडुस्थित कुन्नुरको जंगलमा भएको सेनाको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ...
भारतीय सेनाको हेलिकप्टर दुर्घटना : मृतककाे संख्या १३ पुग्याे

काठमाडाैं, मंसिर २२ : भारतको तलिमनाडुस्थित कुन्नुरको जंगलमा भएको सेनाको हेलिकप्टर दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ।

सो हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ (सिडिएस) विपीन रावत, उनकी पत्नीसहित सेनाका १४ अफिसर सवार थिए।

भारतीय सञ्चारमाध्यामहरुले जनाएअनुसार दुर्घटनामा  मृत्यु हुनेको संख्या १३ पुगेको र जनरल रावतको स्थिति गम्भीर रहेको उल्लेख गरेका छन्। अधिकांश शव जलेर क्षतविक्षत भएको जनाइएको छ।

रावत भारतका पहिलो सिडिएस हुन्।  उनी सन् २०२० जनवरी १ मा नियुक्त भएका थिए। भारतीय वायु सेनाले घटनाबारे सत्यतथ्य पत्ता लगाउन जाँचको आदेश दिएको जनाइएको छ। 

प्रकाशित मिति: १७:४० बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्