बाढीले सडक बगाउँदा कर्णाली राजमार्ग अवरुद्ध
कालिकोट, भदौ १० : बाढीले सडक बगाउदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
गएराति तिलागुफा नगरपालिकाको टाकुला खोलामा आएको बाढीले सडक बगाएको हो।&nb....

कालिकोट, भदौ १० : बाढीले सडक बगाउदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ।
गएराति तिलागुफा नगरपालिकाको टाकुला खोलामा आएको बाढीले सडक बगाएको हो। स्थानीय वासिन्दाका अनुसार, तिलागुफा नगरपालिका वडा नं. ७ र ८ को टाकुला खोलामा बाढी आएको छ। बाढी सडक बगाउदा कर्णाली राजमार्ग ठप्प भएको स्थानीय वासिन्दाले बताए।
राजमार्ग अवरुद्ध हुँदा गए रातिदेखि सयौं यात्रु बाटोमै अलपत्र परेका छन्। सवारी साधान पनि टाकुला खोलाको वारीपारी रोकिएका छन्। राजमार्ग खुलाउने प्रयास भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ। सडक बनाउन जुम्लाबाट डोजर पठाएको जनाएको छ।
प्रकाशित मिति: १३:१८ बजे, मंगलबार, भदौ १०, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












