Kathmandu Press

२४ घन्टामा थपिए २८० कोरोना संक्रमित, ३६६ जना संक्रमणमुक्त, २ काे मृत्यु

काठमाडौं, मंसिर २२ पछिल्लो २४ घन्टामा देशभरिमा २८० जना कोरोना संक्रमित थपिएका छन्।९,१६८ जनामा गरिएको पिसिआर परीक्षणबाट २५५ र ३,००६ जनामा गरिएको एन्टिजेन...
२४ घन्टामा थपिए २८० कोरोना संक्रमित, ३६६ जना संक्रमणमुक्त, २ काे मृत्यु

काठमाडौं, मंसिर २२ : पछिल्लो २४ घन्टामा देशभरिमा २८० जना कोरोना संक्रमित थपिएका छन्।

९,१६८ जनामा गरिएको पिसिआर परीक्षणबाट २५५ र ३,००६ जनामा गरिएको एन्टिजेन परीक्षणबाट २५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सोही अवधिमा ३६६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। योसहित अहिलेसम्म निको हुनेको संख्या ८,०५,५७१ पुगेको छ। 

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ। अहिलेसम्म मृत्यु हुनेको संख्या ११,५४७ पुगेको छ।

अहिले देशभरिमा ६,२३९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: १७:०८ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्