Kathmandu Press

हात्तीको आक्रमणबाट श्रीलंका क्रिकेट रंगशालाका दुई कर्मचारीको मृत्यु

कोलम्बो, मंसिर २२ : श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ।  रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले...
हात्तीको आक्रमणबाट श्रीलंका क्रिकेट रंगशालाका दुई कर्मचारीको मृत्यु

कोलम्बो, मंसिर २२ : श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तीको आक्रमणमा परी मृत्यु भएको छ।  रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तीले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन्। 

हाम्बान्तोतामा रहेको सुरियावेवा महिन्दा राजापाक्ष अन्तर्राष्ट्रिय रंगशालामा कार्यरत उनीहरु दुवै जना पुरुष हुन्। उनीहरुलाई एउटै हात्तीले आक्रमण गरेको थियो । घटना भएको ठाउँ पहिलेदेखि नै हात्तिको आतंक हुने गरेको ठाउँ हो। 

जंगली तथा ग्रामीण क्षेत्रमा पर्ने घटनास्थलमा यसअघि पनि हात्ति र मानिसकाबीचमा द्वन्द्व हुने गरेको स्थानीयहरुले बताएका छन्। रंगशालाका कर्मचारीहरु यही महिनाको अन्त्यतिर हुने लङ्का प्रिमियर लिगको सेमि फाइनल र फाइनल खेलका लागि तयारीको कार्य गर्न जुटेका थिए।   

प्रकाशित मिति: १६:२६ बजे, बुधबार, मंसिर २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्