Kathmandu Press

विद्यार्थी हत्या गरेको आरोपमा बंगलादेशमा २० जनालाई मृत्युदण्ड

ढाका, मंसिर २२ : बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको सन्...
विद्यार्थी हत्या गरेको आरोपमा बंगलादेशमा २० जनालाई मृत्युदण्ड

ढाका, मंसिर २२ : बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा २० जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ।

सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको सन् २०१९ मा भएको हत्याको आरोपमा बुधबार २० जनालाई मृत्युदण्डको सजाय सुनाएको यहाँका सरकारी वकिल अब्दुल्लाह अबुले एएफपी समाचार समितिलाई बताएका छन्। 

अब्रार फहादको हत्याको आरोपमा २० जनालाई मृत्युदण्ड र पाँचजनालाई आजीवन कारावासको सजाय सुनाइएको उनले जनाएका छन्। 

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, मंसिर २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्