राष्ट्रसंघका महासचिव गुटेर्रेस सेल्फ आइसोलेसनमा
न्युयोर्क, मंसिर २२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ।कोभिड-१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी...
न्युयोर्क, मंसिर २२ : संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बसेको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ।
कोभिड-१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उनी सेल्फ आइसोलेसनमा रहेको उनका उपप्रवक्ता फरहान हकले बताएका छन्।
उनमा कुनै लक्षण नदेखिएको र सुरुको परीक्षणमा नेगेटिभ भए पनि धेरै सावधानी अपनाउन उनले आफ्ना सबै संलग्नता रद्द गरेका छन्।
बिहीबार डिसेम्बर ९ मा उनको पुनः कोरोना परीक्षण नभएसम्म उनले घरबाट काम गर्नुहुने हकले मंगलबार संयुक्त राष्ट्रसंघको प्रेस सम्मेलनमा बताएका छन्।
महासचिवको मूलतः बुधबार संयुक्त राष्ट्रसंघीय आपतकालीन प्रतिक्रिया कोषको उच्चस्तरीय कार्यक्रममा भाग लिने कार्यक्रम रहेको थियो। आतंकवाद र जलवायु परिवर्तनको सन्दर्भमा सुरक्षा परिषद्को बिहीबारको खुला बहसमा बोल्ने अपेक्षा गरिएको थियो।
बुधवार राति डाउनटाउन म्यानहट्टनमा संयुक्त राष्ट्रसंघ संवाददाता संघको वार्षिक उत्सवमा सम्मानित अतिथिका रुपमा उनको निर्धारित उपस्थिति पनि प्रभावित भएको छ।
७२ वर्षीय गुटेर्रेस जनवरी २०२१ को अन्त्यमा पहिलो खोप र पछि दोस्रो खोप लगाउने पहिलो न्यूयोर्कका बासिन्दाहरूमध्ये थिए। उनले गत नोभेम्बर २६ मा एक बुस्टर डोज लिएका छन्।











