Kathmandu Press

संस्थापन इतरको बैठक बीचमै छाडेर हिँडेका पौडेल र सिटौलाबीच छलफल

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूपक्षीय नेताहरुको छलफल बीचमै...
संस्थापन इतरको बैठक बीचमै छाडेर हिँडेका पौडेल र सिटौलाबीच छलफल

काठमाडौं, मंसिर २२ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासँग छलफल गरेका छन्। बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आफूपक्षीय नेताहरुको छलफल बीचमै छाडेर पौडेल सिटौलालाई भेट्न उनकै निवास पुगेका हुन्।

संस्थापनइतर पक्षबाट सभापतिको उम्मेदवार टुंग्याउन कठिन भएपछि थप छलफलका लागि पौडेल सिटौलालाई भेट्न पुगेका हुन्। सिटौला निवासमा उनीहरुबीच छलफल भएको हो।

पौडेल समूहबाट नेता पौडेलसहित पूर्वमहामन्त्री प्रकाशमान सिंह र डा शेखर कोइराला सभापतिका आकांक्षी छन् । सिंह र कोइरालाबीच सहमति नजुटे पौडेल आफैं सभापतिका लागि अगाडि बढ्ने रणनीतिमा छ ।

अहिले बत्तिसपुतलीमा पौडेल पक्षले केन्द्रीय सदस्य, जिल्ला सभापति र पूर्वजिल्ला सभापतिका साथै प्रदेश अध्यक्षका उम्मेदवारहरुसँग छलफल गरिरहेको छ । 

पौडेलक्षीय शीर्ष नेताबीच सभापतिको टुंगो लगाउन सोमबारदेखि छलफल चलिरहेको छ । मंगलबार बिहानदेखि साँझसम्म बसेको बैठकले पनि उम्मेदवारको टुंगो लगाउन नसकेपछि बुधबार पुनः छलफलमा जुटेका हुन्। 

प्रकाशित मिति: १३:०८ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्