Kathmandu Press

चेम्बर अफ कमर्स र लर्ड बुद्धले स्नातकका ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

चेम्बर अफ कमर्स र लर्ड बुद्धले स्नातकका ४९ विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडाैं, मंसिर २२ : नेपाल चेम्बर अफ कमर्स र लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले स्नातक तह (बिबिएम ई–बिजनेस) मा अध्ययनरत ४९ विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्ने भएको छ। 

विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नेबारे सम्झौतापत्रमा मंगलबार चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्ल र फाउन्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे। 

सम्झौतापत्रमा प्रत्येक प्रदेशमा बिबिएम ई–बिजनेश पढ्न चाहने एक छात्रालाई पूर्ण सहुलियत, १४ विद्यार्थीलाई ट्युसन कक्षा पढ्न शत प्रतिशत  र २८ विद्यार्थीलाई ५० प्रतिशत छुट दिने उल्लेख छ। चेम्बरका अध्यक्ष मल्लले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई लक्षित गरी आर्थिक सहयोग उपलब्ध गराइने बताए। 

चेम्बरसँगको सहकार्यमा फाउण्डेशनले स्नातक तहको पढाइमा रु एक करोड १७ लाख बराबरको सहयोग गर्ने फाउन्डेसनका अध्यक्ष जलानले बताए। सूचना प्रविधिको विकाससँगै अबका दिनमा ई–विजनेश शिक्षा प्रभावकारी हुने अध्यक्ष जलानको भनाइ थियो। 

प्रकाशित मिति: १२:५१ बजे, बुधबार, मंसिर २२, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्