सात व्यावसायिक फर्मलाई कारबाही
पर्सा, मंसिर २२ : खरिद गरेको बिल नदेखाउने पर्साको वीरगन्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको...
पर्सा, मंसिर २२ : खरिद गरेको बिल नदेखाउने पर्साको वीरगन्ज उपमहानगरपालिकाका सात व्यावसायिक फर्मलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले आज कारबाहीसहित जरिवाना गरेको छ ।
उपमहानगरपालिकाअन्तर्गत बजारका विभिन्न क्षेत्रमा रहेका सात व्यावसायिक फर्मलाई खरिद बिल देखाउनमा असमर्थ भएपछि ५ हजारदेखि १० हजारसम्म जरिवाना गरिएको सो कार्यालयका सूचना अधिकारी दिलीप खंगले जानकारी दिए।
कार्यालयबाट प्राप्त जानकारीअनुसार यसरी कारबाहीमा परेका वीरगञ्जका व्यासायिक फर्ममा बालाजी डिपार्टमेन्टल स्टोर, न्यु गेजेटस् जोन, रुचि सपिङ सेन्टर, कादमिया स्टोर, नेपाल म्युजिक सेन्टर, न्यू मेलोडी र राइट च्वाइस स्टोरलाई जरिवानासहित सचेत गराइएको बताइएको छ।
उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ बमोजिम कादमिया स्टोरलाई रु पाँच हजार र अन्य सम्पूर्ण व्यावसायिक फर्मलाई जनही रु १० जरिवाना गरिएको हो।
सो कार्यालयसहित जिल्ला प्रशासन कार्यालय पर्सा, प्रहरी र उपभोक्ता हितसम्बन्धी संस्थाका प्रमुख तथा प्रतिनिधिसहितको टोलीले अनुगमन गरेको अवस्थामा ती फर्महरुले खरिद बिल नदेखाएको कारबाही गरिएको सूचना अधिकारी खंगले बताए।











