Kathmandu Press

अध्ययन भन्छ : फाइजर खोपले ‘ओमिक्रोन’ विरुद्ध आंशिक सुरक्षा दिन्छ

काठमाडौं, मंसिर २२ : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध फाइजर खोप आंशिक प्रभावकारी रहेको अध्ययनले देखाएको छ।दक्षिण अफ्रिकास्थित ‘अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्यूट’को प्रयोगशालामा कार्यरत...
अध्ययन भन्छ : फाइजर खोपले ‘ओमिक्रोन’ विरुद्ध आंशिक सुरक्षा दिन्छ

काठमाडौं, मंसिर २२ : कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विरुद्ध फाइजर खोप आंशिक प्रभावकारी रहेको अध्ययनले देखाएको छ।

दक्षिण अफ्रिकास्थित ‘अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्यूट’को प्रयोगशालामा कार्यरत एक अनुसन्धान प्रमुखले फाइजर खोप ‘ओमिक्रोन’ विरुद्ध पूर्ण रुपमा प्रभावकारी नभएपनि यसले केही हदसम्म सुरक्षा प्रदान गर्ने जानकारी दिएका छन्। 

कोभिड–१९ विरुद्धको खोप नयाँ भेरियन्टका लागि प्रभावकारी छ वा छैन भन्ने विषयमा गरिएको अनुसन्धानमा फाइजर र बायोएन्टेकको खोप आंशिक रूपमा मात्र प्रभावकारी रहेको देखिएको हो। 

मंगलबार भएको एक अनलाइन प्रस्तुतिकरणमा एलेक्स सिगलले भने, ‘यी खोपहरूले पुर्ण सुरक्षा दिने देखिएको छैन । 'बुस्टर डोज' अन्तर्गत एक मात्रा थपिएको अवस्थामा प्रभावकारी हुनसक्ने सम्भावना छ।’

विश्व स्वास्थ्य संगठनका अनुसार, दक्षिण अफ्रिकाले ओमिक्रोन संक्रमितहरू पुष्टि भएको घोषणा गरे लगत्तै विश्वभर चार सय ५० जना खोजकर्ताहरूले बिरामीहरूको नमुनाको अनुसन्धान गरिरहेका छन्। 

अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्यूटले गरेको अनुसन्धानमा कोभिड–१९ विरुद्धको खोप लगाएका व्यक्तिहरूको प्लाज्माको समेत विभिन्न परीक्षणहरू गरिरहेको छ।
 

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्