अमेरिकी र रुसी राष्ट्रपतिबीच भिडियो वार्ता : युक्रेनमा रुसी सैन्य उपस्थितिबारे अमेरिकाको चासो
वासिङ्टन, मंसिर २२ : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो वार्ता भएको छ।मंगलबार भएको वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको...
वासिङ्टन, मंसिर २२ : अमेरिकी राष्ट्रपति जो बाइडेन र उनका रुसी समकक्षी भ्लादिमिर पुटिनबीच भिडियो वार्ता भएको छ।
मंगलबार भएको वार्ताका क्रममा उनीहरुबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे कुराकानी भएको विभिन्न अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन्।
उनीहरुबीच दुई देशका आपसी सम्बन्धका साथै युक्रेन र अरु विविध क्षेत्रीय समस्याबारे पनि कुराकानी भएको बताइएको छ। अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनमा रुसी संलग्नताका विषयमा कुराकानी भएको र यस विषयमा अमेरिकाको चासो रहेको बताएका थिए। बाइडनले रुसी सैन्य उपस्थिति बढाइएको विषयबारे चिन्ता व्यक्त गरेको एक समाचारमा जनाइएको छ।
उता रुसले पछिल्लो समय युक्रेनसँगको सीमानजिक सैन्य उपस्थिति बढाएको छ। यसबारे अमेरिकाले चासो राख्दै आएको छ ।
छलफलमा रुसी राष्ट्रपति पुटिनले भने युक्रेनलाई आक्रमण नगर्ने जानकारी दिएको बताइएको छ। बाइडेनले अमेरिका युक्रेनको अखण्डता र उसको स्वतन्ताप्रति प्रतिबद्ध रहेको बताएा थिए। त्यसैगरी सो वार्ताका क्रममा इरानको पारमाणविक सम्झौताका विषयमा पनि कुराकानी भएको पनि समाचारमा जनाइएको छ।











