Kathmandu Press

अनुपम फुडल्याण्डमा संस्थापन इतर समूहको बैठक जारी 

काठमाडौँ, मंसिर २२ : सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले...
अनुपम फुडल्याण्डमा संस्थापन इतर समूहको बैठक जारी 

काठमाडौँ, मंसिर २२ : सभापतिको साझा उम्मेदवारको टुङ्गो लगाउन नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक अहिले बसिरहेको छ। 

बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बसेको बैठकले सभापतिका लागि साझा उम्मेदरवार तय गर्ने र त्यसपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । 

बैठकमा वरिष्ठ नेता पौडेलसहित नेताहरु सहभागी छन्। बैठक सुरु भएपछि केहीबेरमै बाहिर निस्किँदै नेता पौडेलले सञ्चारकर्मीहरुसँगको सङ्क्षिप्त प्रतिक्रियामा सभापतिका लागि सो समूहबाट आकाङ्क्षी बनेका चारैजना नेताहरु बैठकमा नबस्ने र बैठकमा सहभागीहरुले छmलफल गरी गर्ने निर्णयलाई आफूहरुले मान्ने बताए । 

मङ्गलबार दिनभर सभापतिका आकाङ्क्षीसहित केन्द्रीय सदस्यहरूको बैठकले सभापतिको नाम टुङ्गो लगाउन खोजे पनि सहमति नभएपछि आजका लागि बैठक बोलाइएको थियो । आउँदो शुक्रबारदेखि काठमाडौँमा कांग्रेस महाधिवेशन सुरु हुँदैछ।

प्रकाशित मिति: ११:४४ बजे, बुधबार, मंसिर २२, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्